१५ बैशाख २०८१, शनिबार
Follow Us

फोटो पत्रकारको देउसी–भैलो

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०७:३९

फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आइतबार काठमाडौंमा देउसी–भैलो कार्यक्रम गरेको छ । समूह स्थापनाको २०औं वर्षगाँठको अवसर पारेर गरिएको देउसी–भैलो कार्यक्रम वरिष्ठ फोटो पत्रकार राजभाइ सुवालको मैतिदेवीस्थित निवासमा गरिएको हो । त्यस समूहका पदाधिकारी तथा राष्ट्रिय लोक दोहोरी कलाकारहरुले सामूहिकरुपमा देउसी–भैलो खेलेका थिए । देउसी–भैलो कार्यक्रममा करिब दुई दर्जन फोटो पत्रकार तथा कलाकाहरुको सहभागिता रहेको थियो । फोटोपत्रकारहरुको हकहितको लागि तथा आपसी मेलमिलाप र मनोरन्जनको लागि देउसी–भैलो कार्यक्रम आयोजना गरिएको एनएफपीजेका अध्यक्ष धु्रव आलेले जानकारी दिए । उक्त कार्यक्रममा सम्पूर्ण पत्रकारहरुले पनि आफ्नो तर्फवाट सहयोग रकम देउसी भैलोमा दिनु भएको थियो ।