१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भैरहवाबाट काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो ; सह चालक बेपत्ता

sarusaru
२८ असार २०७६, शनिबार ०४:२६

काठमाडौँ । भैरहवाबाट काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्दा ट्रकका सह चालक २५ बर्षीय अनिल गुरुङ बेपत्ता भएका छन् । ट्रक दुर्घटनामा परी हराएका घाईते चालक ४६ वर्षीय माधव थापामगरको भने स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट दाना लिएर काठमाडौँ आउँदै गरेको ना ४ख १७९६ नम्बरको ट्रक शुक्रबार राति २ः५५ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा माथिबाट खसेको ढुँगाले लागेर त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अहिले बेपत्ता सहचालक गुरुङको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
डिसी नेपाल