१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाढीले बगाएर एक बालकको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०८:१३

अविरल बर्षाका कारण कमला नदिको बाढीले बाढीले बगाएर एक बालकको मृत्यु भएको छ भने दुई बाल सहित ३ जना बेपत्ता भएका छन् ।
दुधौली नगरपालिका वडा नं. १ डकाहा बजारको नजिककै कमला नदिको किनारमा तिर्पाल टाँगेर बस्ने एक परिवारलाई कमला नदिले वगाउदा एक बालको मृत्यु भएको छ भने दुई बालक सहित ३ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बाढीले बगाएर बेपत्ता हुनेमा सर्लाही घर वताउने रेणु कापरीको ३ वषीय छोरा कार्वन कापरी मृत अवस्थामा दुधौली न.पा. ४ बैरामा फोला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए । रेणुका दुई छोराहरु १ वषीय सर्गम र ७ वषीय आधिं र सर्लाही घर वताउने मिथुन कापरीको फुपु ६० वषीय मरणी कापरी बेपत्ता भएको एसपी सिंहले वताए ।
बाढीले वगाएका मिथुन कापरी, रेणु कपारीलाई प्रहरीले उद्दार गरेको छ । त्यस्तै दुधौली न.पा. १ कै हाटगाँउ बस्ने जितबहादुर सार्कीको गोठमा सुति रहेको अवस्थामा नदिले गोठ बगाएको छ । सार्की भने भागेर रुख चढेर बाँच्न सफल भएको छ । सार्कीको पनि प्रहरीले उद्दार गरेको छ ।
अविरल बर्षाका कारण नदिको वहाव बढेको कारण नदी किनारमा बस्ने स्थानीय वासी निक्कै त्रसित वनेका छन् । अविरल बर्षाका कारण सुनकोशी नदि, कमला नदि, मरिण खोला तथा अन्य खोलाका किनारामा बस्ने बासिन्दाहरु त्रसित वनेका छन् । बर्षाका कारण विपी तथा मध्यपहाडी राजमार्ग अवरुद्ध छ भने विभिन्न स्थानमा पोल ढलेका कारण विद्युत आपुर्ति बन्द छ ।
अविरल बर्षाका कारण सुनकोशी गा.पा. १ कमेरे स्थित वि.पी. राजमार्गमा लेदो पहिरोको कारण को १ च ८९५६ नंम्बरको पिकअप बोलेरो गाडी फस्दा चालक घाईते भएको छ । प्रहरी चौकी दुम्जाका प्रहरीले उद्दार गरी डाईभर सिराहा गोलबजार न.पा. ३ का इन्दल शाहलाई उद्दार गरेको प्रहरीले जनाएको छ । घाईते शाहको खुट्टार र छातिमा चोट लागेकोले भरोसा अस्पतालमा उपचार भई रहेको एसपी सिंहले जानकारी दिए ।