१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०८:१६

भोजपुर। अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङमा स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।
घरमा बसिरहेका राईका श्रीमती, दुई छोरालाई शनिबार विहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरो पुरिएपछि उनीहरु मृत्यू भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।
राई भने केहि घरायसी कामले गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी लगिँदै गरेको प्रहरीले जनाएको छ । राईको घर भिरालो जमिनमा भएको बताईएको छ ।