१५ चैत्र २०८०, बिहीबार
Follow Us

अविरल वर्षाको कारण २८ जनाको मृत्यु, ६४ जनाको सकुशल उद्दार

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ११:०६

काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३र३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २र२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी २८ जनाको ज्यान गएको हो ।

साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १र१ जना गरी ११ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १र१ जना गरी १६ जना वेपत्ता भएका छन् ।
बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको छ । साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।