१२ बैशाख २०८१, बुधबार
Follow Us

३० जनाले ज्यान गुमाए बाढी पहिरोबाट

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ११:०७

काठमाडौं–बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य १२ जना घाइते भएका छन् । यस्तै १८ जना वेपत्ता हुँदा १३३ जनाको भने जिवितै उद्दार गरिएको छ ।
प्रहरीका अनुसार ललितपुरमा सर्वाधिक ५ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ३ जनाको ज्यान गएको छ ।
यस्तै धादिङ, मकवानपुर, सिन्धुली र भोजपुरमा २–२ जनाको मृत्यु हुँदा काभ्रेर र खोटाङमा ३–३ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार चितवन, रामेछाप, बारा, पर्सा, सुनसरी, ओखलढुंगा, झापा र इलाममा १–१ जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका हुन् ।
सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना वेपत्ता भएका छन् ।