८ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुर महानगरवासीलाई ‘हाइ अलर्ट’मा रहन प्रमुख दाहालको आग्रह

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ११:०९

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले हालै परेको अविरल वर्षाका कारण हुन सक्ने डुबान, नदी, कटान र मानवीय एवम भौतिक रुपमा हुने क्षतिप्रति सजग रहन महानगरवासीलाई आग्रह गरेकी छिन् ।
शनिबार महानगरपालिका प्रमुख दाहालले भरतपुरमहानगरपालिकाका दुई ठूला नदीहरू नारायणी र राप्तीले घेरिएको प्रसङ्ग उल्लेख गर्दै भारी वर्षा सँगै दुबै नदीको बहाव तीव्ररूपमा बढिरहेको बताउँदै सबैलाई सजग र सतर्क रहन आग्रह गरेकी हुन् ।
प्रमुख दाहालले शुक्रबार मध्यान्नदेखि निरन्तर भइरहेको वर्षाका कारण महानगरपालिकाका तल्लो नदी तटीय क्षेत्रहरू डुबान र कटानमा पर्नसक्ने बताउँँदै यसलाई रोकथाम र नियन्त्रण गर्दै सम्भावित क्षतिको न्यूनिकरण गर्न भरतपुर महानगरपालिका विपद ब्यवस्थापन इकाइ, जिल्ला विपद ब्यवस्थापन इकाइ नेपाली सेना, नेपाल प्रहरी, सस्त्र प्रहरी बल नेपाल रेडक्रस सोसाइटी अन्य मानबीय सेवामा कृयाशील संघ संस्था नागरिक समाज सबैसँग समन्वय गरी तयारी अवस्थामा राखिएको बताइन् ।
सम्भावित जोखिम न्यूनिकरण र हुन सक्ने क्षतिलाई नियन्त्रण, रोकथाम र पुनस्र्थापनाका लागि भरतपुरमहानगरपालिका समन्वयात्मक रूपमा तयारी अवस्थामा रहेको भन्दै वर्षा नियन्त्रणमा नआएसम्म नगरवासीहरूलाई नदी तटीय क्षेत्र वरिपरि नजान महानगरपालिकाले आग्रह गरेको छ ।
भरतपुर महानगरपालिकाको नारायणी नदी तटीय क्षेत्र शिवघाटदेखि राप्ती र नारायणीको संगम स्थल गोलघाट, राप्तीको जगतपुर पटिहानी घडगाइ वडा न २५, २७, २८ वडाहरूको नदी तटीय क्षेत्रलगायतमा डुबान र कटानको समस्या रहेको हुनाले ती क्षेत्रका सबै संयन्त्रलाई हाईअलर्टमा राखिएको महानगरपालिकाले जनाएको छ । यस्तै वडा न २९ को पहाडी भागमा पनि पहिरोको जोखिम रहेको हुनाले त्यहाँको संयन्त्रलाई पनि हाई अलर्टको अवस्थामा राखिएको भरतपुर महानगरले जनाएको छ ।