७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश १ मा नौ जनाको मृत्यु, चार जना वेपत्ता

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ११:१०

अविरल वर्षापछिको बाढी र पहिरोका कारण प्रदेश नं. १ मा हालसम्म नौ जनाको मृत्यु भएको छ भने चार जना वेपत्ता भएका छन ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुरको रामप्रसाद राई गाँउपालिका वडा नं. ७ का ६६ वर्षीय जगतबहादुर राईको गत विहीवार घरले किचेर मृत्यु भएको थियो भने भोजपुरकै टेम्केमैयुङ गाँउपालिका वडा नं. ८ का १४ वर्षीय वालक जनक विश्वकर्माको ट्वाइलेटले किचेर शुक्रवार मृत्यु भएको थियो । शुक्रवार नै ओखलढुङ्गाको चिसुङखुगडी गाँउपालिका वडा नं. ४ की ८५ वर्षीया पासाङ पुटी शेर्पा र इलामको चुलाचुलीका ५० वर्षीय अञ्चल लावतीको स्थानीय खोलाले वगाएर मृत्यु भएको छ ।
शुक्रवार नै खोटाङको खोटेह्याङ गाँउपालिका वडा नं. २ की २८ वर्षीया रेखा राई तथा तथा उनका ४ वर्षीय छोरा रोमन र ७ महिनाको छोरा रोहनको घरले किचेर मृत्यु भएको छ । शुक्रवार नै झापाको दमक नगरपालिका वडा नं. १० का लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी उनको भाञ्जी ६ वर्षीया एलिजा न्यौपानेको खोला बगाएर मृत्यु भएको छ भने शनिवार उदयपुर घर भई सुनसरीको इटहरीमा बस्दै आएका ३५ वर्षीय सागर थापाको खोलाले वताएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वर्षाका कारण हालसम्म चार जना वेपत्ता छन । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । वेपत्ता हुनेहरुमा पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ४ रबीका ९ वर्षीय बालक दिवन राई, झापाको भद्रपुर नगरपालिका वडा नं. ९ का ४५ वर्षीय सफल हज्जा, सुनसरीको बराहक्षेत्रका १० वर्षीय अर्पण राई र मोरङको कानेपोखरीमा नाथ खर नखुलेको एक पुरुष खोलाले वताएर वेपत्ता भएको प्रहरी जनाएको छ ।