१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्ञानेन्द्रले भने– उद्दार र राहतमा तिम्रो र मेरो भन्ने नहोस्

sarusaru
२९ असार २०७६, आईतवार ११:४८

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
पूर्वराजाले आइतबार एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिएका छन् ।

प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकिर्ण सोचबाट माथि उठेर सहयोग गर्न पनि पूर्वराजाले आग्रह गरेका छन् ।