७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार १६:०३

लेगोस। गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचित भएका छन् ।

थापालाई आइतवार लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले आगामी कार्यकालको लागि सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा धन्यवाद दिए ।

त्यसै गरि साधारण सभामा आईसिसी महिला उपसंयोजक मन थापा , आईसीसी सदस्य चिरन्जिबी रोका , पुर्ब अफ्रिका उप संयोजक बिदुर घिमिरे , उपाध्यक्ष बिरेन्द्र गुप्ताले मन्तब्य दिएका थिए भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गरेका थिए।

साधारणसभाले आइसीसी सदस्यमा बिश्वास पौडेललाई चयन गरेको छ । यस्तै अन्य पदाधिकारीमा उपाध्यक्षमा बिरेन्द्र गुप्ता , उर्मिला रोका , सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन ।

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन भए ।

साधारणसभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।