१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पहिरोले पुरिएर बेपत्ता तीन जनामध्ये दुई जनाको शव फेला

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार १७:१३

सिन्धुली-पहिरोले पुरिएर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव आज फेला परेको छ । शनिबार दुधौली नगरपालिका–१२ जिनाखु बुनिटारमा पहिरो जाँदा तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ३० वर्षीया सुनिता पौडेलको शव दुधौली नगरपालिका–१२ र १३ को सिमाना सिसेन खोला र ठाकुर खोलाको दोभानमा फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । यस्तै उहाँकी १० वर्षीया छोरी सविता पौडेलको शव सिसेन खोलाको किनारमा फेला परेको छ । बेपत्ता रहेका सागर पौडेलको खोजी भइरहेको सिंहले बताउनुभयो ।