११ बैशाख २०८१, मंगलवार
Follow Us

दुई जनाको शव फेला, नौ बेपत्ता

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार १७:१७

डोेल्पा- शनिबार मुड्केचुला गाउँपालिका–१ काँशिला खोलाको बाढीले बगाएर बेपत्ता भएका ११ मध्ये दुई जनाको शव आज फेला परेको छ । नौ जना अझै बेपत्ता छन् ।

मुड्केचुला–१ काँशिला गाउँकी ४० वर्षीया चन्द्रकुमारी सार्कीको शव खोलादेखि तीन सय मिटर टाढाको घट्टेखोलाको किनारमा फेला परेको हो । सोही ठाउँका ३८ वर्षीय धनराज बोहराको शव शनिबार फेला परेको थियो । सदरमुकाम दुनैबाट प्रजिअ मुकेशकुमार केशरी, प्रहरी नायब उपरीक्षक अवधेश विष्टसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ५५ जनाको टोली उद्धारमा खटिएको छ ।

“नौ जनाको अझै पत्ता लाग्न सकेको छैन”, प्रजिअ केशरीले भन्नुभयो । बेपत्ता हुनेमा १२ वर्षीय धनरुप बोहरा, १२ वर्षीया सारिका बोहरा, १२ वर्षीय वृहस्पति बोहरा, छ वर्षीया यमुना बोहरा, १३ वर्षीया सुना सार्की, २२ वर्षीय पञ्चराम सार्की, ६५ वर्षीय कालीबहादुर बोहरा, २३ वर्षीय लवकुमार रोकाय, सात वर्षीय निर्मल बोहरा र रङ्गी बोहरा रहेका छन् । घटनास्थल सदरमुकाम दुनैबाट दुई दिनको पैदल दूरीमा पर्छ । बाढीले तीन घर, चार पानी घट्ट, काँशिला जलविद्युत् आयोजनाको विद्युत्गृहसमेत बगाएको छ ।