१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्वकप क्रिकेट फाइनल हेर्न कांग्रेस नेता थापा लण्डनमा

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार २२:११

लण्डन । आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार लन्डनमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो। सो म्याच हेर्न पूर्वमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा लण्डन आइपुगेका छन् । थापा फाइनल खेल हेर्ने लण्डनस्थित लर्डस मैदानमा उपस्थित भएका थिए ।

सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।

इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको लगाइयो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रन जोड्यो। इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौकासहित ७ रन जोडे।

न्युजिल्यान्डका लागि सुपर ‌ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए।

पहिलो बल बाइड भयो। दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १४ रन जोडे। अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट भए। उनले १ रन मात्र लिँदा सुपर ओभर समेत बराबरी भयो।

जसकारण इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा च्याम्पियन बन्यो। इंग्ल्यान्डले सुपर ओभरमा २ बाउन्ड्री हान्दा न्युजिल्यान्डले १ बाउन्ड्री प्रहार गर्‍यो।