७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतको चन्द्रयान रोकियो

नेपालब्रिटेन डट कम्
३० असार २०७६, सोमबार ०७:१७

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन(इसरो)ले प्राविधिक कारणले चन्द्रयान–२ को प्रक्षेपणलाई रोकेको छ ।
प्रक्षपणको लागि काउन्टडाउन पनि सुरु भइसकेको थियो । सामेबार विहान २ बजेर ५१ मिनेटमा चन्द्रयान–२ उडाउने समयतालिका थियो ।
तर इसारोका अनुसार उडानको लागि ५६ मिनेटमात्र बाँकी रहँदा ‘प्रक्षेपण वाहन प्रणाली’मा प्राविधिक समस्या देखियो । यही कारणले सावधानी स्वरुप प्रक्षेपण अहिलेलाई रद्द गरिएको बताइएको छ ।
इसरो अर्को प्रक्षेपण मितिपछि घोषणा गर्ने जानकारी दिएको छ ।
बिहान २ः५१ मा उड्ने योजना अनुरुप काउण्टडाउन भइरहेको अवस्थामा विहान १ः५५ मिनेटमा काउण्ट–डाउन रोकियो ।
त्यसबेला काउण्ड–डाउन स्कृनमा ५६ मिनेट २४ सेकेण्ड बाँकी थियो । इसरोले प्रक्षेपण रद्द भएको आधिकारिक पुष्टि नगरेसम्म केही समय अनौलता छाएको थियो ।
यसअघि पनि जनवरी पहिलो हप्ता उडाउने योजना रहेको चन्द्रयान–२ लाई जुलाई १५ मा उडाउने भनेर समय सारिएको थियो ।