१२ बैशाख २०८१, बुधबार
Follow Us

बादर लखेट्न जाँदा लडेर एक जनाको मृत्यु

sarusaru
३१ असार २०७६, मंगलवार ०३:२०

बागलुङ – मकै खान आएका बाँदर लखेट्न जाँदा भिरबाट लडेर बागलुङ नगरपालिका–४ कुँडुलेका २२ वर्षीय सुदर्शन पौडेलको मृत्यु भएको छ ।
बाँदर धपाउने क्रममा चिप्लीएर भिरबाट खस्दा सुदर्शनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव प्रहरी उपरीक्षक झविन्द्र प्रसाद भट्राईले जानकारी दिए । भिर बाट चिप्लिएर खसे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको भट्राईले बताए ।