१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बाढी र पहिरो पिढीतलाई सहयोग गर्न एनआरएनको आग्रह

नेपालब्रिटेन डट कम्
३१ असार २०७६, मंगलवार ०५:५७

लन्डन । बाढी र पहिरो पिढीतलाई सहयोग गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।
संघका प्रवक्ता भूषण घिमिरेले मंगलवार एक बिज्ञप्ति जारी गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई समेत यस दुखद घडीमा आआफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेका हुन् ।

बिज्ञप्ति , केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षतिको घटनाले गैरआवासीय नेपाली संघलाई निकै मर्माहत र स्तब्ध बनाएको छ । अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन हुनु भएकाहरुप्रति यस संघ भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ भनिएको छ ।

यस्तै संघले, प्राकृतिक विपद्मा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनरस्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।