१३ बैशाख २०८१, बिहीबार
Follow Us

वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:२९

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालालुस्थित अटो पार्टसका कर्मचारी रविन खत्री रहेका छन् । उनलाई प्रहरीले बिहीबार सोह्रखुट्टेस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।
आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।
उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
कार्कीले अटो पार्टस्का मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको भन्दै थप आफूलाई थापा नभएको बयान दिएका छन् ।