१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालद्धारा २०० मेगावाट विद्युत भारत निर्यात

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:४६

काठमाण्डौं । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गर्दै विद्युत निर्यात गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने “यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।” मन्त्री पुनले आज गएराति मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको छ ।

नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनले जनाए ।
देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो।

अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा विद्युत् माग घट्न गएकाले बढी भएको विद्युत् भारत पठाइएको हो । देशभर हाल एक हजार २१५ मेगावाट विद्युत् माग रहेको छ ।

बाढी र वर्षाले विद्युत् माग घटेर ६०० मेगावाटको हाराहारीमा सीमित हुन पुगेको छ । सोमबार मात्रै विद्युत् माग बढेर एक हजार १२५ मेगावाटको हाराहारीमा पुगेको थियो।