८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको अध्यक्षमा थापा

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:५०

लण्डन। नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको पाँचौ अधिवेशन बेलफास्टमा सम्पन्न भएको छ । अधिवेशनबाट बल बहादुर थापा सभापतिमामा निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा शान्ति कँडेल, सचिवमा पुर्णश्रवर कँडेल सह–सचिवमा तेज बहादुर रेग्मी, कोषाध्यक्षमा गोमा खड्का निर्विरोध निर्वाचित भएका छन् ।

नौ सदस्यीय कार्य समितीमा परशुराम पौडेल, निर्जल क्षेत्री, रेशम सुवेदी र शिव सापकोटा सदस्यमा निर्वाचित भएका छन् ।

नव निर्वाचित सभापति थापाले विगत चार वर्ष देखि कम्युनिटीको उपसभापति तथा त्यस पहिले महासचिवको रुपमा कार्य गरी सकेका छन् । अधिवेशनको उद्धाटन गर्दै बिबिसी नेपाली सेवाका प्रथम प्रस्तोता तथा कुनै पनि विदेशी विधुतिय सञ्चार माध्याममा नेपाली भाषामा समाचार प्रस्तुत गर्ने पहिलो नेपाली पुरण अग्रवालले आफुले ती दशक पहिले नर्दन आयरल्याण्ड टेक्दा एक्लो भएको तर विगत एक दशकदेखि नेपाली कम्युनिटी सशक्त भएको देख्दा धेरै खुसी लागेको बताए ।

कम्युनिटीका निवर्तमान सभापति लिलाराम निउरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विकास चुडाल, नारायण कँडेल, नारायण कुवर तथा बल बहादुर थापाले बोलेका थिए ।