१५ बैशाख २०८१, शनिबार
Follow Us

बाढीपहिरो पीडितका लागि राहत संकलनमा जुट्यो नेविसंघ

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०८:१४

काठमाडौं–नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ।

बुधबार काठमाडौंका नेपालटार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग नगद र जिन्सी सहयोग संकलन गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए ।

बुधबार ४९ हजार ५७१ हजार नगदका साथै जिन्सी लत्ताकपडा राहत सहयोग संकलन गरिएको उनको भनाइ छ ।

संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए।