११ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रिय सभामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

sarusaru
१ श्रावण २०७६, बुधबार १४:०७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्कोे प्रतिपक्षी दल राजपाको सहयोगमा बुधबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

काँग्रेस सांसद राधेश्याम अधिकारीको प्रस्तावमा राजपा सांसद वृषेश चन्द्र लाल र अर्का सांसद बुद्धिप्रसाद पाण्डेको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो ।

अविलरल वर्षापछि आएको बाढी पहिरोले देशभर पुर्याएको क्षतिका विषयमा प्रस्ताव दर्ता गराइएको काँग्रेसले जनाएको छ ।

प्रस्तावमा भनिएको छ, ‘अविरल वर्षाको कारण तराई–मधेस पहाड लगायत मुलुकका विभिन्न भागमा धेरै संख्यामा व्यक्तिहरुको हताहत भएको, त्यसै गरी निकै संख्यामा व्यक्तिहरु वेपत्ता भएको, नागरिकहरु घाइते भएका, आमजनताको घरवास, खेतबारी बगाई हजरौं जनता विस्थापित भएका, नेपाल भरी राजमार्गमा क्षति भई अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालयहरु क्षतिग्रस्त भएका, स्वास्थ्य उपचारको व्यवस्था समेत सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौं ।’