१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पेन्सनसहितको सामाजिक सुरक्षा कार्यान्वयनमा

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार ०३:२८

काठमाडौं– श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
ऐनअनुसार साउन १ देखि रोजगारी पाउने श्रमिकलाई रोजगारदाताले अनिवार्यरुपमा कोषमा समेट्नुपर्ने छ । ३ हजार ८८० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औषधोपचार तथा मातृत्व, दुर्घटना तथा असक्तता, सुरक्षा योजना, आश्रित परिवार र वृद्धावस्थामा सुरक्षा योजना दिनेगरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।