४ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डन बसमा नेपाल पर्यटन प्रवर्धन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार ०७:३४

लण्डन । नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासले लन्डनमा यात्रुवाहक बसमार्फत पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ।

बोर्डका अनुसार ६० बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस’ नारा लेखेर पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको हो।

ती बस लन्डनका प्रमुख केन्द्र पार्लियामेन्ट स्क्‍वायर, वेस्टमिनिस्टर, ट्राफल्डर स्क्‍वायर, केन्सिङ्टन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल स्ट्रिट र अन्य १८ रुटमा कुद्नेछन्।

तीन सातासम्म सञ्‍चालन हुने उक्त अभियानबाट लन्डनका ४५ लाख बासिन्दाले नेपालको पर्यटन सम्भावनाबारे जानकारी पाउने बोर्डले अनुमान गरेको छ।