१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपूल नर्थवेस्ट नेपाली समाज वेलायतको अध्यक्षमा इजम

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७६, बिहीबार २२:३७

लण्डन । लिभरपूल नेपाली समाज वेलायतको अध्यक्षमा देउमान इजम निर्विरोध निर्वाचित भएका छन् । समाजको आइतवार सम्पन्न तेस्रो अधिवेशनले अगामी दुई वर्षको लागि उनलाई चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा नरेश बिष्ट र भोजन शेरचन चयन भए । यस्तै सचिवमा शिवराज पन्त , सहसचिवमा खड्ग गुरुङ र कोषाध्यक्षमा हरिराम अर्याल सर्वसम्मत भए । यस्तै सदस्यहरुमा उज्वल भण्डारी , प्रकाश शाही, माधव प्रसाद आचार्य, गीता भण्डारी, सिर्जना पोखरेल र सुधा बानिया निर्वाचित भए ।

निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयुक्तहरु भक्त गुरुङ र डा. हेमराज शर्माले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । सभाले नयाँ कार्यसमितिले एकजना उपाध्यक्ष, ३ जना सदस्यहरु थप गरी १५ सदसीय कार्य समिति बनाउन सक्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा समाजका सल्लाहकार प्रविण घिमिरेले विधानका केही बुँदा संसोधनका लागि प्रस्ताव गरेका थिए ।

साधारणसभाले समाजको नाम लिभरपूल नेप्लिज कम्युनिटिलार्इ परिवर्तन गरी लिभरपूल नर्थवेस्ट नेप्लिज कम्युनिटी राख्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

निवर्तमान अध्यक्ष डा. शम्भु आचार्यले २ बर्षे कार्यकालमा भएका कार्यक्रमहरुको विवरण र अनुभव सुनाए । निवर्तमान कोषाध्यक्ष देउमान इजमले समाजको आर्थिक विवरण पेश गरेका थिए ।

सोही सभाले ६ जना सल्लाहकारहरुमा डा. शम्भु आचार्य, प्रवीण घिमिरे, कुमार घर्ती, पदम सिम्खडा, डा. मनोहर बुडाथोकी र भक्त गुरुङ मनोनित भए ।
कार्यसमितिले समाजका पुर्व सल्लाहकारहरु डा. जमुना आचार्य र डा. योग उपाध्याय विदाई तथा सम्मान गरेको थियो । त्यसै गरी पुर्व उपाध्यक्ष नवराज अधिकारी पुर्व सचिव इन्दुका घिमिरे र पुर्व सदस्यहरु देवी गुरुङ, सपना बिष्ट, मंजु गुरुङ र परशुराम शर्मा समेत सम्मानित भए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष देउमान इजमले आफ्नो कार्यकालको लागि भावी योजना र प्रतिबद्दता पेश गरे । साधारसभाले बिभिन्न उपसमितिको समेत घोषणा गरेको छ । युवा तथा सांस्कृतिक उपसमितिको संयोजकहरुमा क्रमशः प्रकाश शाही र उज्वल भण्डारी चयन भए ।

उद्दमी तथा व्यवसायी उपसमितिमा नरेश बिष्टलाई संयोजक तोकियो । लिभरपूलमा सक्रिय च्यारिटी संस्थाहरुसंग समाजको सम्बन्ध विस्तार गर्नको लागि डा. शम्भु आचार्यलाई संयोजक तोकिएको छ ।