१३ बैशाख २०८१, बिहीबार
Follow Us

बम विस्फोटका घाइते एकजनाको निधन

नेपालब्रिटेन डट कम्
३ श्रावण २०७६, शुक्रबार ०१:५२

धनगढी– बिहीबार साँझ कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटका घाइते एकजनाको निधन भएको छ ।
बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । सो विस्फोटमा घाइते अन्य ४ जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।