१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल प्रथम महिला टेम्पो चालक लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपालब्रिटेन डट कम
३ श्रावण २०७६, शुक्रबार १५:१३

सान फ्रान्सिस्को 

नेपाल कि प्रथम टेम्पो चालिका महिला उद्धमी तथा  समाजसेवी लक्ष्मी शर्मा आज क्यालिफोर्निया अमेरिकाको रिच्मन्ड शहरमा सम्मानित हुनु भएको छ। सो अवसरमा अधिकांश सहभागीहरुले उहाँलाई सि एन एन हिरो बनाउने तर्फ पहल गर्न पर्ने धारणा राखेका छन। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघले उहाँको उदाहारणिय प्रगतीयोगदानको  लागि संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो। थुप्रै थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डपुरसकार र सम्मान प्राप्त शर्मा को यो पहिलो लाइफ्टाइम अचिभमेन्ट अवार्ड हो ।

करिव ३० हजारको हाराहारिमा नेपाली जनसँख्या भएको उत्तर क्यालिफोर्नियामा  भएको एक समारोहविच सम्म्मनित शर्माले आफ्नो संघर्षमय जीवनको गाथा सुनाउँदा उपस्थित सबै जना भाव विव्हल  भएका थिए। आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघका अध्यक्ष मणी नेपाली पनेरु तथा उत्तम कुमार कार्की को संयुक्त सभापतित्वमा सम्पन्न सो समारोहमा आयोजकहरुको  तर्फबाट नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया कि निवर्तमान उपाधक्षलायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण कि पूर्व अधक्ष हेमा पनेरुले स्वागत मन्तव्य दिनु भएको थियो। आयोजक संस्थाले उहाँलाई सम्मान गर्न पर्ने कारण पुषटी गर्दै भनेको छ:  

 “लक्ष्मी शर्मा आज एक दन्त्य कथाकी पात्र झैँ हुनुभएको छ आज हामी सबैका लागिप्रेरणाकी  एक अजश्र श्रोत बन्नु भएको  छ। कर्म गर फलको आशा नगर भने झैँ उहाँले जीवनमा धेरै बिघ्न बाधाको बाबुजूदसंघर्ष गरी नै रहनु भयो र आज उहाँ एक नारी सवलिकरणकी प्रतिक बन्नु भएको छ। उहाँ म यो बन्छु भन्ने  योजना राख्नु भएन तर आफूले रोपेका कर्म रुपी विरुवाहरुमा मलजल गर्दै रहनु भयोस्याहार सुसारगर्दै रहनु भयो र आज ती विरुवाहरु  बिशाल रुखहरु बनेका छन जसले हजारौँ लाई  छाहारि दिएको छ बास दिएको छ जीवनको अर्थ दिएको छ। यसरी लक्ष्मी शर्मा आफैमा सफलताको कथा मात्र होइनलाखौं संघर्षशील महिला पुरुषहरुको लागि मार्गदर्शक र प्रेरणा हुन सफल हुनुभएको छ विश्वभरका नेपालीहरुलाई बिबिध क्षेत्रमा सक्दो सहयोग पुर्याईरहेको नेपाल विश्व सहयोग संघ (NAGC ) तथा  पश्चिम अमेरिकाको १३ राज्यहरुको प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ (WANA) ले संयुक्त रुपमा आज जुलाई १५२०१९ मा    महिला उद्द्मी तथा सुप्रसिद्द समाजसेवी लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड   सहर्ष तथा सगौरव प्रदान गर्दछ”।

सो अवसरमा आयोजक संस्थाका अधक्षद्वय मणी नेपाली पनेरु तथा उत्तम कार्किले संयुक्त रुपमा  लक्ष्मी शर्मालाई लाइफ अचिभमेन्ट अवार्ड बाट सम्मानित गर्नु भएको थियो। तत्पस्चात बिभिन्न संघ संस्थाका अधक्षहरु तथा प्रतिनिधिहरुले उहाँलाई खाता लगाएर सम्मानित गरेका थिए। सो अवसरमा नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौलानेपालीकम्युनिटी सेन्टर का अध्यक्ष यज्ञलाल श्रेष्ठएन आर एन  ए एन सि सिका उपाधक्ष सर्वज्ञ वाग्लेसोही संस्थाका क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ललायन्स इन्ट्र न्यास्नल डिस्ट्रिक 4C3  का  पूर्व गभर्नर राजेन थापावुद्द नेपाल पिस फाउन्डेसन का अध्यक्ष चीन काजी  श्रेष्ठकृयाटिभ नेपाल युथ अर्ग नाइजेसनका अध्यक्ष शसी प्रसाईलाअञ्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष गोविन्द शाहीलायन्स क्लब अफ बर्क्ली मकालु कि संस्थापक अध्यक्ष मन्हरा थापा बोगटीलायन्स क्लब अफ शान्ता रोजा काष्ठमन्डप का अध्यक्ष नारायण सोम्नामेबिकल्प फाउन्डेसन तथा लायन्स क्लब अफ बर्क्ली लाली गुराँसका संस्थापक अध्यक्ष निर्मल फुँयाल ले सम्मानित व्यक्तित्वलाई खाता लाएर सम्मान गर्नु भएको थियो। त्यसै गरी तामाङ को अपरेशन सोसाइटीका पूर्व अध्यक्ष कुमार डोङजनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी अपसभापति लक्ष्मी केसी कार्की,  नेवा अर्गनाइजेसन का उपाधक्ष देवेन्द्र मास्केएन डब्लु जि एन क्यालिफोर्निया च्याप्टरकी महासचिव लक्ष्मी खरेलएन ए एन सि का पूर्व कोषाधक्ष नारायण पोखरेलसमाजसेवी कृष्णराज गिरी लगायत उल्लेख्य  सँख्यामा उपस्थित सामाजिक अगुवहाँरुले उहाँलाई खाता लाएर सम्मानित गरेका थिए।  

सम्मानित व्यक्तित्व लक्ष्मी शर्माले उल्लेख्य सँख्यामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मानअवार्ड र पुरस्कार जित्नु भएको छ। ती मध्य स्टार ग्रुप अफ युएस्एबाट लिडिङ वोमेन इन्टरप्रेनर अफ वर्ल्ड २०००हिलारी रोधाम क्लिन्टनबाट  यप्रिसियसन लेटर अप्रिल २५१९९५ह्यान्डी क्राफ्ट असोसियसन अफ नेपाल बाट वेष्ट एक्स्पोर्टर अफ अन्न प्रडक्ट अवार्ड २००३,क्राफ्ट काउन्सिल अफ नेपाल क्राफ्ट बजारबाट बेस्ट प्रडक्ट अवार्ड ,    न्यास्नल युथ सर्भिस फन्ड बाट  बेस्ट वोमेन इन्टर प्रेनरशिप गोल्ड मेडल १९८७ नेपाल जर्मन  चेम्बर अफ कमर्स यान्ड इन्डस्ट्रिजबाट बेस्ट एक्स्पोर्टर अफ न्यु प्रडक्ट अवार्ड १९९७ह्यान्डिक्राफ्ट असोसियसनअफ नेपाल बाट बेस्ट प्रदक्ट अफ बोन यन्ड हर्न अवार्ड १९९८ जस्ता थुप्रै थुप्रै अवार्ड हरु जित्नु भएको छ।  लक्ष्मी शर्माले आपद बिपदमा परेकाअपाङ्ग तथा पिछिडिएका ४००० भन्दा  बढी महिला तथा पुरुषहरुलाई उनिहरुको शिक्षा दिक्षा पालन पोषण तथा स्वास्थ्यमा  प्रत्यक्ष सहयोग पुर्‍याउनु भएको छ र आज उनिहरु सबैले नयाँ जीवन पाएका छन।