१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एक्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको मृत्यु

sarusaru
४ श्रावण २०७६, शनिबार ०४:३५

मुस्ताङ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-३ स्थित समरको भीरमा स्क्साभेटरले ठक्कर दिँदा मुख्य ब्लास्टरको मृत्यु भएको छ।

बिहीबार साँझ सडकको काम गर्दै गरेको अवस्थामा अचानक एक्साभेटरले ठक्कर दिदाँ ४८ वर्षीय दलबहादुर अधिकारीको मृत्यु भएको हो। नुवाकोटको टुन्चे गाउँपालिका ९ का दलबहादुरलाई कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले प्रयोग गरेको एक्साभेटेरले ठक्कर दिएको हो। गम्भीर घाइते अधिकारीको जोमसोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

स्काभेटरका चालक प्युठान जिल्ला झिमरुक गाउँपालिका २ सल्लेरीका २१ वर्षीय विष्णु पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार घटनाको अनुसन्धान सुरु भएको छ।

मृतक अधिकारी इजाजत प्राप्त ब्लास्टर हुन्। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी/जोमसोम/कोरला सडकको समरको भीर फोर्ने काममा गत असार ७ गते अघिनै उनी त्यहाँ पुगेका थिए।

उनले असार ७ गते ब्लास्टिङको काम अघि बढाएका थिए। सडकको काम गर्दै गर्दा एक्साभेटर घुम्ने क्रममा अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। उनी उक्त स्थानको ब्लास्टर मध्येका मुख्य व्यक्ति थिए। उनको मृत्यु भएपछि सडक निर्माणको काम प्रभावित भएको छ।
अन्नपूर्ण पोष्ट