७ बैशाख २०८१, शुक्रबार
Follow Us

डर्टमन्डसँग हार्यो लिभरपुल

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:१७

युरोपियन लिग तयारीका लागि खेलिएको प्रिसिजनको मैत्रीपूर्ण अभ्यास खेलमा च्याम्पियन्स लिग विजेता इङ्लिस टोली लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमन्डसँग पराजित भएको छ ।
शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल डर्टमन्डसँग ३–२ गोलले पराजित भएको हो ।
प्रिसिजनको तयारी खेलमा लिभरपुलको यो पहिलो हार हो । डर्टमन्डको भने लगातार तेस्रो जित हो । डर्टमन्डको जितमा पाको अल्कासेर, थोमस डिलेनी र जाकव ब्रन लार्सेनले गोल गरे ।
लिभरपुलका ह्यारी विल्सन र रिहान ब्रिस्टरले गोल गरेका थिए । प्रिसिजन तयारीका लागि अब जुलाई २२ तारिखमा डर्टमन्डले उडिनेस र लिभरपुलले सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।