७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा ‘नेपाल कप’ फुटबल प्रतियोगिता आकर्षण बन्दै

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:१९

लण्डन । अल्डरसटस्थित क्विन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा ‘नेपाल कप’ फुटबल प्रतियोगिता बेलायती गोर्खा सैनिकहरु माँझ मात्र प्रतिस्प्रर्धा हने गर्दछ । पहिलो गोर्खा बटालियनलाई १–० ले हराउदै ‘नेपाल कप ६९ संस्करण’ को उपाधि क्वीन्स गोर्खा सिग्नल्सले हात पारेको हो ।

‘नेपाल कप’ प्रतियोगिताको लिग खेलबाट दोस्रो गोर्खा बटालियन, पहिलो गोर्खा बटालियन, यातायात बटालियन र क्विन्स गोर्खा सिग्नल्स सेमिफाइनलमा प्रवेश गरेका थिए । गत बर्षका विजेता दोस्रो गोर्खा बटालियनका सपना टुक्रा पार्दै पहिलो गोर्खा बटालियन फाइनल खेलमा प्रवेश गरेका थिए भने यातायात बटालियनलाई हराउदै क्विन्स गोर्खा सिग्नल्स फाइनल खेलमा पुगेका हुन् । क्विन्स गोर्खा सिग्नल्सका जर्सी नंम्बर ८ प्रसान्त तामाङ्गले पहिलो हाफ खेलको ३५ औ मिनटमा ३० यार्डबाट प्रहार गरेका बललाई विपक्ष दलका गोल रक्षकले आंकलन गर्न नसक्दा त्यो प्रहार गोलमा परिणत हुदै तामाङ्गले गोर्खा सिग्नल्सलाई अग्रता दिलाएका थिए ।

नितान्त विग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक बर्ष हुने ुनेपाल कपु प्रतियोगिता यो बर्ष ६९ औ संस्करण हो । बेलायती नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने ुनेपाल कपु नेपालका पूर्व प्रधानमंन्त्री महाराजा मोहन शमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन् १९४७ बाट ‘नेपाल कप’ को थालनी गराएका हुन् । यो बर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर,तालिम केन्द्र क्याट्ररिक,गोर्खा मण्डले,गोर्खा सिताङ,पहिलो गोर्खा बटालियन,क्वीन्स गोर्खा सिङ्नल,क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट,क्लोज सर्पोट टु«प्स्, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनि ९जियस पियस०, विशिष्ट हतियार स्कुल टेभोलेटो वार्मिनिस्टर, आर्क बटालियन लगायत टिमले रवाफिलो प्रतिष्पर्धा गरेका थिए ।

विग्रेड अफ गोर्खाज मुख्य कार्यलयका परियोजना अधिकृत क्याप्टेन किरण पुनले गोर्खा रेडियो मार्फत खेल तालिका सार्वजनिक गरेका खेललाई दोस्रो गोर्खा बटालियनका क्याप्टेन सन्जिब राईले सहयोग गर्दै खेलको संयोजक गरेका हुन् । । नेपाल कप विग्रेड अफ गोर्खाज भित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ । प्रवासी भूमिमा रहेका भुपु गोर्खा र तिनिहरुका परिवार,कार्यरत गोर्खा सैनिक साथै नेपालीहरु माँझ भेटघाट र मनोरन्जन गरिने मुख्य उदेश्य हुन् । अहिलेको आधुनिक परिवेशमा प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु समेत भेटघाट हुने समावेशीताको चर्को उधारण बनेको पाइन्छ । झण्डै ७ हजार दर्शक प्रत्येक बर्ष सहभागी रहने प्रतियोगितालाई वियफ वियस गोर्खा रेडियोका प्रस्तोताहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

नेपाल कप

दोस्रो गोर्खा बटालियनले सन् २०१३ मा टिम प्रबन्धक वारेन्ट अफिसर अरुणहाङ नेम्बाङको नेतृत्वमा ईतिहासमै पहिलो पटक ‘नेपाल कप’को उपाधि जिताएका थिए । यो बर्ष भने, दोस्रो गोर्खा बटालियन ब्रुनाई राजदबारकालागि खटिएका कारण बटालियनका उकृष्ट खेलाडिहरुले अभ्यास गर्न समय नभएका कारण यो संस्करणको उपाधि हात पार्ने सपना टुङ्गीएको धेरै दर्शकले आंकल गरिरहेका छन् । सनिबार भएको फाइनल खेलमा पहिलो गोर्खा बटालियन र क्विन्स गोर्खा सिग्नल्सले फाइनल खेलको प्रतिष्पर्धा गरेका हुन् । प्रतियोगिताको फाइनल खेलमा क्विन्स गोर्खा सिग्नल्सका जर्सी नंम्बर ८ प्रसान्त तामाङ्गले पहिलो हाफको ३५ औ मिनटमा पहिलो गोल गदै आफनो समुहलाई अग्रता दिलाएका थिए । निर्धारित समय ९० मिनेट सम्म पनि विपक्ष समुहमा रहेका पहिलो गोर्खा बटालियनले गोल गर्न नसके पछि क्विन्स गोर्खा सिग्नल्सका प्रसान्त तामाङ्गको गोल निर्णायक गोल बनेको थियो । उक्त प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी प्रसान्त तामाङ्ग घोषित भएका छन् ।

‘नेपाल कप’ का खेलाडि ४५ बर्ष पछि भेटघाट

विग्रेड अफ गोर्खाज हङ्गकङ्गमा रहदा विशाल प्रतियोगिता हुने पूर्व भूपु गोर्खा विजय लिम्बुले भने, ‘नेपाल कपको उपाधि जित्ने खेलाडिहरुलाई बटालियनका गुल्मापतिले खेल मैदानमै पदोन्नती दिन्थे , जस्ले गर्दा खेलाडिहरुलाई सोतह उत्साह र प्रोत्साहन मिल्थियो, कालन्तरमा आईरहदा नेपाल कपको क्रेज घट्दै गएको र खेलकुदमा नभएर काममै धेरै व्यस्तता रहेको कारण ‘नेपाल कप’ चर्चित हुन नसकेको हो ।’ फाइनल खेलको दर्शक दिर्घामा रहेका सुनसरी धरान निवासी लबकुमार राई र बेलायती टेरी रेन अचानक भेट भएका थिए । उनिहरुले ४५ बर्ष अघि क्वीन्स सिङ्नलबाट खेल खेलेका थिए ।

महिला तर्फ भलिबल

भलिबल प्रतियोगितामा क्विन्स गोर्खा ईन्जिनियर, क्विन्स गोर्खा सिङ्नल, क्विन्स गोर्खा लजेस्ट्रिक र आरजिआर लगायत ४ टिमहरुले रवाफिलो प्रतिश्पर्धा गरेका थिए । महिला भलिबलको उपाधि यो बर्ष आरजिआरले चुमेका छन् । प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टीमहरुलाई ‘नेपाल कप’का प्रमुख कर्णेल जेम्स् रविन्सनले ‘नेपाल कप’ र महिला तर्फ भलिबलको शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य आकर्षण
नेपाल कपको थप मुख्य आकर्षण गराउदै पारासुटबाट नेपाल, बेलायत र विग्रेड अफ गोर्खाजको झण्डा फर्रफराउदै पाराजम्परहरु उक्त खेलमा खेलिले बल लिएर रंगशालाको सहि निशानीमा झरेका दृश्य दर्शककालागि मुख्य आकर्षण रहेको फुटबल खेल प्रेमीहरु बताउँछन ।

विग्रेड भेलाको समारोहमा गोर्खा व्रिगेड अफ व्यान्ड र पाइप एण्ड ड्रम्स्को सयुक्त विशेष प्रस्तुती रहेको कार्यक्रममा, नेपाली कलाकारहरुको सामुहिक नृत्य र गायिका प्रिती आलेले सामाजिक संन्जालमा ख्याति प्राप्त पाईरहेका प्रकाश सपुतले गाएका ‘गलबन्धि च्यातियो’ बोलको गीत प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिएकी थिईन् । च्यारिटी तथा व्यापारिक स्टलहरु,गोर्खा ट्रष्ट,गोर्खा म्युजियम,खानाका स्टलहरु, स–साना नानीहरुकालागि मनोरन्जनात्मक खेल खेलिने स्थान नेपाल कपका मुख्य आकर्षण रहेका थिए । विग्रेड भेलाकोे रुपमा मानिने प्रतियोगितालाई नेपाली दूतावास लण्डन, गैर आवासीय नेपाली संघ बेलायत, नेपाली समुदायहरुले समेत साथ दिदै आएका छन् ।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, नानी केटाकेटी, बृद्वबृद्वा, छोरीचेली र आफ्न्तहरुमाँझ भेटघाट गर्ने शुभ अवशर मिलोस साथै उक्त प्रतियोगिता खेलाडीहरुको केहिहद सम्म खेलमा प्रगती होस साथै खेल खेलेर भरपुर मनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष विगे्रड भेला तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गदै आएको नेपाल कपका प्रमुख संयोजक कर्णेल जेम्स् रविन्सनले बताए । स्मरण रहोस कर्णेल रविन्सको जन्म र बाल्यकाल सुनसरी धरानमा भएको हो ।