७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसारमै पहिलोपटक नेपाली युवाहरूले लिएर आए “पिक्चर टु रियालिटी”

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:२१

काठमाडौँ । “पिक्चर टु रियालिटी” भन्ने मूल नाराका साथमा शुरु गरिएको ओ माई कार्ट ले संसारमै पहिलो पटक यो फिचर लिएर आएको हो । इ–कमर्स विजनेशमा यो नयाँ फिचरले सबैको ध्यानाकर्षण गराएको छ ।

तपाईँले इन्टरनेट, पत्रपत्रिका वा कहिँकतै केही कुरा देख्नुभयो र तपाईँलाई त्यो सामान मगाउनुप-यो भने अब तपाईँले घरमै बसेर कुनै पनि सामान पाउन सक्नुहुन्छ । तपाईँलाई चाहिएको सामानको फोटोपठाउनुहोस् र ओ माई कार्टले केही दिनमा त्यो सामान स्वदेश होस् या विदेश तपाईँकोमा पु-याउने छ ।

नयाँ वर्षको शुरुवात लगत्तै स्थापना भएको ओ माई कार्टप्रति बिगत २–३ महिनादेखि विभिन्न निकायका मानिस र संघसंस्थाले चासो देखाएको पाइन्छ । इन्जिनियर दिदी–बहिनी मनिषा र निशा पाण्डेलेसञ्चालनमा ल्याएको ओ माई कार्टको अहिलेसम्म विश्वको विभिन्न ठाउँमा लगभग २६,००० सपिङ पार्टनर रहेको छ जसले गर्दा तपाईँले खोज्नुभएको सामान तपाईँले पाउनु हुने सम्भावना ८०–९०५ भन्दा बढी रहेको छ ।

फेसन, मेसिनदेखि तपाईँलाई घर तथा व्यापार साथै नीजि जीवनमा आवश्यक पर्ने कुनै पनि कुरा तपार्ईंँसमक्ष पु-याउन अब ओ माई कार्टले निकै सहज बनाउने संस्थापकहरूको भनाई छ ।

यस्तो नौलो र सबैलाई काम लाग्ने फिचर नेपाली युवाहरूले संसारमै पहिलोपटक प्रारम्भ गर्नु नेपालकै लागि खुशीको कुरा हो ।