१५ चैत्र २०८०, बिहीबार
Follow Us

शिर्ष नेता बिचको ५ बुदे सहमति कार्यान्वयनमा जोड

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:२३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुइदलबिचको एकताका बेला शिर्ष नेता बिचको ५ बुदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

‘सरकारको आलोपालो,पार्टी नेतृत्व आलोपालो,सबै तहका संरचनामा पनि सहमति हुनेगरि तत्कालिन एमाले र तत्कालीन एकिकृत माओबादीका केन्द्रिय नेताबिच पांचबुदे सहमति भएकै हो,सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन ,सोहि सहमतिलाइ आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’नेता पौडेलले बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा भने ।

पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभैसकेको दोहोर्याए ।

सुशासनका बिषयमा सरकार कमजोर

सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड,बिधेयक ल्याउने फिर्ता गर्ने,गुठी बिधेयकका सवाल,बिषादी प्रकरणमा सरकारले परिपक्व नदेखिएको उनको भनाइ छ ।

‘सुशासनका बिषयमा सरकार कमजोर भएको हो,दुखको कुरा यस्ता कुरा आउनु हुन्थेन,तर काम र प्रकृया भने आरम्भ भएको छ ।’ उनले भने ।

उनले गुठी बिधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे ।

प्रचण्ड निकटका नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दोहोर्याए । नेकपा पार्टीको बिचार के हो ? भन्ने जिज्ञासामा उनले जनताको जनबाद नै अबको साझा विचार भएको बताए ।

पत्रकारको जिज्ञासामा नेता पौडेलले भने—‘बिषादीमा प्रधानमन्त्रीले माफि माग्नुभएकै छ,मन्त्रालयका सचिबका बिचको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको हो,मन्त्रालयको अपरिपक्वता देखियो,सरकारले गतिबिधी गरिरहेको तर देखिनेगरी रिजल्ट नदेखिएको हो ।’

‘अब दुई ठांउमा प्रभावकारी काम गर्नुपर्छ,एउटा पार्टीले प्रभावकारी रुपमा काम गर्ने र अर्को चाहिं सरकारबाट जनताका भावनाहरु सम्बोधन हुनेगरि ।’ त्यसका लागि हामीले अहिले मन्त्रालयबाट भइरहेका काम कारवाही फेर्नुपर्छ,सरकार गतिशिल बनाउन मन्त्रीपनि फेर्नुपर्छ ।’

फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल बिधेयक संसोधन गर्ने तयारी भैरहेको बताए ।

रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति फोरिएको प्रश्नको जवाफमा पौडेलले भने—‘यो अपराधजन्य गतिबिधि हो,बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो,प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ ।’