१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्षातको पानी संकलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:२४

काठमाडौं । बर्षाको पानीलाई संकलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने र पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायहरुलाई जागरुक बनाउने उद्देश्यले राजधानीमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

स्मार्ट वास सोलुसन र खानेपानी तथा ढल व्यवस्थापन विभागको संयुक्त आयोजना तथा खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगमा यही साउन ११ र १२ गते च्बष्लधबतभच ज्बचखभकतष्लन ायच ीष्खभष्जिययम, ऋयmmगलष्तथ बलम भ्अयकथकतझ च्भकष्ष्भिलअभ विषयक राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलन आयोजक समितिले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

भारत,बंगलादेश,श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधिहरुको सहभागिता रहने सो सम्मेलनको समुद्घाटन माननीय,ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षामान पुनबाट हुनेछ । सम्मेलनको व्यवसायिक सत्रमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि,वर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिय चक्र९इकोसिस्टम० आकाशे पानी संकलन प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तीय सहयोग, पानीको अभाव,जलवायु परिवर्तन र अनुकूलनसंग २५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् । सम्मेलनको अवधिमा बर्षाको पानी संकलन प्रविधिका बारेमा काम गरिरहेका संघ संस्थाहरुले आफ्ना काम र उपयोगी प्रविधिका बारेमा सहभागी र अवलोकनकर्ताहरुलाई जानकारी गराउन प्रदर्शनी पनि गर्ने बताएको छ ।

सम्मेलन आयोजनाको निमित्त स्मार्ट वास सोलुसनका अध्यक्ष ई। रामदीप साहको अध्यक्षतामा विभिन्न प्रतिनिधिहरु रहेको एक आयोजक समिति समिति गठन भएको छ । त्यस्तै सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संकलन,छनौट र सम्पादन गर्न डा। गुणनीधि पौडेलको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति र स्मार्ट वाटर सोलुसनका अध्यक्ष ई। रामदीप साहको अध्यक्षतामा एक व्यवस्थापन समिति बनेको छ । सबै समितिहरुले युद्धस्तरमा काम गरिरहेका छन् ।

शनिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समिति तथा स्मार्ट वासका अध्यक्ष ई। रामदीप सहले भन्नुभयो,देशमा उपलब्ध पानीका स्रोतको हिसाबले नेपाललाई जलस्रोतको धनी मुलुक भनिए पनि नेपालका धेरै शहर,बजार र गाँउहरुमा खानेपानीको समस्या रहदै आएको छ । अन्य मुलुकहरुको अनुभवलाई हेर्दा पनि प्रकृतिले सित्तैमा दिने आकाशे पानीलाई उपयोग गर्न नसकिदासम्म खानेपानीको अभाव दीर्घकालसम्म रहने देखिन्छ । उहाँले अहिले विश्वको जनसंख्याको करिब १।३ प्रतिशतले आकाशे पानी संकलनबाटै आफ्ना घरायसी आवश्यकता पूरा गरेको र विकासोन्मुख मुलुकमा ग्रामीण क्षेत्रका २।४ प्रतिशत जनसंख्याले यस्तो बर्षातको पानी संकलनबाट आफ्नो पानीको आवश्यकता पूर्ति गरिरहेको दावी गर्नुभयो ।

नेपालको ८८ प्रतिशत जनसंख्याबीच पाइप प्रणालीबाट खानेपानीको सुविधा पुगेको भए पनि जलवायु परिवर्तनका कारणले बर्षाको प्रवृत्तिमा हुन गएको परिवर्तन र मुहान संरक्षणमा भएको वेवास्ताका कारण खहरे प्रकृतिका खोला र नदीको पानीमा आधारित खानेपानी प्रणालीबाट हिउँदमा नियमित पानी आपूर्ति हुन सकेको छैन् । हिमालबाट उत्पति भएर बाहै्र महिना निरन्तर बग्ने नदीहरुबाट सबै पहाडी भूभागमा खानेपानी पुर्याउन आर्थिक रुपले संभव छैन् । यी नदीहरु पहाड र तराई भेगका केही स्थानहरुलाई शोभा मात्र सिद्ध भएका छन् ।

नेपालमा बर्षातको पानी संकलन गर्न घरघरमा बलेनी र पदालोको व्यवस्था गरिएको सामुदायिक उपयोगको लागि पोखरी बनाइएको स्मरण गराउदै ई। साहले ती मौलिक परम्परालाई पुनःजागृत गराउनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाँले मनसुनी बर्षा तथा हिउँदमा पश्चिमी बायुका प्रभावले हुने बर्षाको पानीलाई घरघरमा र समुदायमा संकलन गर्ने प्रबन्ध गर्न सकियो भने देशभर देखिएको खानेपानीको संकटबाट सिंगो देशलाई मुक्त गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष साहले भन्नुभयो,‘आकाशबाट परेको पानी जमिन भिज्न नपाउदै ढल र नलबाट खोलामा पुग्ने ढंगले जसरी शहरी विकास भैरहेको छ, त्यसलाई परिवर्तन गरी बर्षाको पानी संकलन गरी शहर र बजारका मध्य तथा पृष्ठ भागमा तलाउ र पोखरी निर्माण गरी सौन्दर्यीकरण गर्न शहरी योजनाकारहरुलाई समेत यस सम्मेलनले अभिप्रेरित गर्ने विश्वास हामीले लिएका छौ ।’
पत्रकार सम्मेलनमा स्मार्ट वासका सल्लाहकार तथा पूर्वमन्त्री ई।गणेश साहले खानेपानी, ऊर्जा र खाद्यान्नमा नेपालीहरु उपभोक्ता मात्रै होइन, घर वा जग्गा वा दुवै हुने व्यक्ति उत्पादक पनि बन्न सक्ने अवस्था रहेकोले त्यसलाई उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले पानीको आवश्यकता पूर्ति गर्नका लागि कृषि, शिक्षा, सुरक्षा, पर्यटन, औद्योगिक क्षेत्रका सरोकारवाला र शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको लागि बर्षाको पानीको संकलन अपरिहार्य भैसकेको बताउनुभयो ।

कार्यक्रममा ई। लक्ष्मीप्रसाद देवकोटाले भूकम्पले पानीको बर्षोदेखिको मुहानका स्रोतहरु छिन्नभिन्न पार्नुका साथै विकासको नाममा पहाडी क्षेत्रमा चलाइएको डोजर आतंकले कहि पानीको मुहान उधिन्ने र कही पुर्ने गरेकोले पहाडमा पानीको स्रोत सुक्दै गएको बताउनुभयो । नेपालमा ४ महिना बर्षाको कारण पानी अधिक हुने,४ महिना तानतुन धानिनसक्ने र ४ महिना अभाव हुने भएकोले वर्षाको पानीको समुचित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । घरको छानामा पर्ने पानीको सकलन,सामुदायिक प्रयोजनको लागि पोखरीको निर्माण र मर्मतसंभार सहित पानी पुनर्भरण र मुहानसंरक्षणकालागि वन पोखरीको व्यवस्था गर्न सके पहिरो र बाढीको प्रकोप कम हुन गई तराईको डुवान समस्या पनि कम हुने उहाँको दावी रहेको छ ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रमाकान्त दवाडीले विभागले खानेपानीका जलाशययुक्त बहुउद्देश्यीय आयोजनाहरु विकास गर्न लागेको बताउनुभयो । उहाँले जमिनको पानीको पुनःभरणमा पनि ध्यानुपर्ने अवस्था आइसकेको बताउदै यो सम्मेलनले ती विषयहरुलाई राम्रोसंग उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका डा।उद्धवराज खड्का,पूर्व सांसद विमल केडिया,स्मार्ट वासका निर्देशक ई।हरिप्रसाद शर्मा लगायतले बर्षातको पानी संकलन र व्यवस्थापनका विषयमा प्रकाश पार्नुभएको थियो ।

पृथ्वीको दुई तिहाई खण्ड पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन् ।समुन्द्र र महासागरको पानी जसले पृथ्वीको पानीको ९७।५ प्रतिशत अंश ओगटेको छ,त्यो नुनिलो छ । बाँकी २।५ प्रतिशत पानीमात्र ताजा र स्वच्छ र पिउनको लागि सुरक्षित पानीको रुपमा रहेको छ । यसमध्येको ठूलो अंश १।७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुबमा हिउँको रुपमा रहेको छ । ०।७४ प्रतिशत भूमिगत स्रोतको रुपमा जमिनमुनि रहेको छ । जमीनको सतहमा रहेको ०।०४ प्रतिशत पानीमात्र मानवका लागि पिउनयोग्य ताजा पानीको रुपमा उपलब्ध छ । त्यसैले ताजा पानी हामी सबैको अमूल्य जीवनका लागि अमूल्य रहेको छ । खानेपानीको क्षेत्रमा कार्यरत विज्ञहरु पानीलाई जीवन र सुरक्षित पानीलाई उत्तम जीवन भन्ने गर्दछन् ।

आयोजकहरुले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र र त्यसउपर सहभागीहरुको छलफलबाट प्राप्त भएका निष्कर्षहरु नेपाल सरकारका सम्बन्धित निकाय, प्रादेशिक र स्थानीय सरकारहरुसमक्ष पनि पुर्याइने बताएका छन् ।