१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पशुपंछीको उपचारको लागि औषधी अभाव

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १२:२७

औषधी व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधीको लिस्ट चिकित्सकहरु सँग माग गरेको छ ।
विभागले सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधीहरु बजारमा अभाब हुँदा उपचारमा कठिनाई भईरहेको भन्ने गुनासाहरु आईरहेको भन्दै अभाव औषधीहरुको नाम लिस्ट विभागलाई ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख गरिएको छ ।
नेपालको मानव र पशुपंछीको उपचारमा संलग्न सरकारी ,नीजि अस्पताल ,नर्सिङ होम ,शिक्षण अस्पतालहरु तथा चिकित्सकलाई आग्रह गरिएको छ । अभाव औषधीको नाम विभागको ई—मेल अथवा अन्य कुनै पनि माध्ययमबाट उपलब्ध गराउने सकिने जनाएको छ ।