१२ बैशाख २०८१, बुधबार
Follow Us

अर्जुनधारा र विल्भरह्याम्पटन सिटी लण्डनबीच भगिनी सम्बन्ध विस्तार

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार २१:३६

लन्डन । अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको विल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।औपचारिकरुपमा बिहीबार पूर्वी नेपालको अर्जुनधारा नगरपालिकासँग विल्भरह्याम्पटन सिटी लण्डनको मित्रता सम्झौता भएको हो।सम्झौतामा भनिएको छ, ‘यो कदम भनेको दुवै पक्षहरूको फाइदाको लागि सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्न दुई शहरहरू बीचको सम्बन्ध बलियो हुनेछ।

’बुधबार राति भएको पूर्ण परिषदको बैठकमा औपचारिकरूपमा सहमति भएको थियो र विल्भरह्याम्पटर सिटीकोप्रमुख क्लेयर डार्गे र अर्जुनधारा नगरपालिकाका तर्फबाट मेयर हरिकुमार रानाबीच सम्झौता भएको हो ।

सिटीका उपमेयर र युनाइटेड किंगडमका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रोहवरका रुपमा थिए ।सम्झौतापछि विल्भरह्याम्पटन सिटी प्रमुख क्लेयर डार्गे र अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाबीच सम्झौतापत्र आदान प्रदान भएको थियो । भगिनी सम्बन्ध विस्तारका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल पनि मेयर रानासँगै लण्डन पुगेका थिए ।

विल्भरह्याम्पटन सिटीमा एउटा सानो तर सक्रिय नेपाली समुदाय रहेको ‘नेपाली समाज’ रहेको छ, यस सम्झौताले नेपाली संस्कृति र नेपाली समुदायको बारे जानकारी दिन सक्ने विश्वास लिइएको छ ।विल्भरह्याम्पटन सिटीका मेयर काउन्सिलर क्लेयर डार्गेले भने, ‘हामी अर्जुनधारा नगरपालिकासँग नजिकको सम्बन्ध बिस्तार गर्नका लागि नजिकमा रहेको नेपाली राजदूतद्वारा सम्पर्क गरिरहन्छौँ ।

’यस्तै, नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले भने, ‘म विश्वास गर्छु कि विल्भरह्याम्पटन सिटी र नेपालको अर्जुनधारा शहरबीचको शहरी मित्रताको स्थापनाले नेपाल र नेपालीबीचको द्वीपक्षीय सम्बन्धमा थप सहयोग पुग्नेछ ।’यो सम्झौताले दुवै देशका साना शहरबीच आआफ्नो संस्कार, संस्कति, रहनसहन, व्यापारिक, पर्यटन र शैक्षिक क्षेत्रको बारेमा सम्बन्ध विस्तार हुने त्यहाँबाट विश्वास लिइएको छ ।