८ बैशाख २०८१, शनिबार
Follow Us

प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज गिरफ्तार

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार २३:०१

काठमाडौं–विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको काँडाधारीमा सुतिरहेका लामालाई आइतबार मध्यराती प्रहरीको टोलीले घर हालेर नियन्त्रणमा लिएको विप्लव समूहका एक नेताले जानकारी दिए ।
प्रहरीले उनको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको घटनामा संलग्नता रहेको दाबी गर्दै खोजीकार्य तीब्र पारेको थियो ।

उनी काँडाधारीमा रहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको भन्दै थापाले थप केही खुलाउन चाहेनन् । यद्यपी लामासँगै रेशम तामाङ नामका अर्का एक विप्लवका कार्यकर्ता समेत पक्राउ परेका छन् ।