१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा केसी

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार ०६:२४

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) एनसीसी न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत आएको थियो ।

उपाध्यक्षमा ७५७ मतसहित बलकुमार गोले निर्वाचित भएका छन् भने उपाध्यक्षको प्रतिद्वन्द्वी निर्मल रिमालले ६४४ मत ल्याएका थिए साथै, महिला उपाध्यक्षमा ९१४ मत सहित भावना नेपाल विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नारायणी तिवारीले ४७५ मत ल्याएका थिए ।

आइसीसी सदस्यमा विशाल सापकोटा ६९० मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी रमेश गुरुङले ६८५ मत ल्याएका थिए । यस्तै महासचिवमा दिया निधि गौतम ८२३ मत सहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी कुलराज घिमिरेले ५६६ मत ल्याएका थिए ।

सचिवमा नारद कुँवर ७३५ मत सहित र प्रदीप रुपाखेती ७९३ मत सहित विजयी भएका छन् भने उनीहरूका प्रतिद्वन्द्वी कृष्णहरि सापकोटा र रमेश सापकोटाले ६२८ र ४९३ मत ल्याएका थिए । त्यस्तै, कोषाध्यक्षमा विपिन भण्डारी ८११ मत सहित निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी अशोक कडेलको ५५९ मत आएको थियो । साथै, सहकोषाध्यक्षमा कमल बसेल ८२४ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी विजय रेग्मीले ५३२ मत ल्याएका थिए ।

निर्वाचनमा कार्यसमिति सदस्यहरूमा अप्रिल अर्याल (७९५), अशोक कुमार श्रेष्ठ(८२७), विष्णु विक्रम शाही (७३६), विष्णुकुमार बस्नेत(७३३), चन्द्र शर्मा पौडेल(७८३), निङवार घिसिङ(७८७), पान्डब सिंह पाख्रीन(६८१), राजेन्द्र पाण्डे(६९५), सची थापा(७६१) र सुमना केसी श्रेष्ठ(७७८) विजयी भएका थिए । सो निर्वाचनको संयोजकमा बबिता श्रेष्ठ थिए भने उक्त अधिबेसनमा एनआरएनए ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारी पनि उपस्थित भएका थिए । साथै निर्वाचनको पर्यवेक्षकमा संजयशान्ति सुवेदी र स्वयंसेवकमा लक्ष्मण पौडेल रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष केसिले गैर आवासीय नेपाली सङ्घ न्यूजिल्याण्डको कार्य समिति २०१९–२१ को लागी सम्पन्न निर्वाचनमा अमूल्य मत, माया र सद्भावको लागी सबैलाई हार्दिक आभार प्रकट गरेका छन । उनले निर्वाचन कमिटी, समस्त स्वयंसेवकहरू, निर्वाचनमा भाग लिनु हुने सबै उम्मेदवार साथीहरूलाई हार्दिक धन्यवाद भन्दै विजयी उम्मेदवार साथीहरूलाई बधाई ज्ञापन गरेका छन । एनआरएनए आइसीसी ओसिनिया संयोजक धर्मराज अधिकारीले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै विजेताहरुलाइ बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।