१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘एभेन्जर्सः इण्डगेम’ले ‘अवतार’ को कमाइलाई उछिन्यो

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:२०

अन्तत, मार्भल स्टुडियोको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले ‘अवतार’लाई कमाइमा उछिनेको छ । मार्भल सिनेमेटिक यूनिर्भसको सबैभन्दा ठूलो बजेटको फिल्म ‘एभेन्जर्सः इण्डगेम’ले जेम्स क्यामरुनको फिल्म ‘अवतार’लाई विश्वव्यापी बक्स अफिसमा उछिनेको हो ।
द हलिउड रिपोर्टरका अनुसार यो समाचार मार्भस स्टुडियोका प्रमुख केभिन फेइग आफैले सान डिएगो कमिक–कन–२०१९मा घोषणा गरेका हुन् ।
द हलिउड रिपोर्टरले अघिल्लो पटक जारी गरेको तथ्याकंमा ‘एभेन्जर्स इण्डगेम’को कुल आय २।७८९२ अर्ब डलर छ । जुन ‘अवतार’भन्दा पाँच लाख डलर कम हो । अब नयाँ आकंडा आउदाँ यो भिन्नता मेटिने आस गरिएको छ ।
डिस्ने स्टुडियोको सह–अध्यक्ष र प्रमुख कला अधिकृत एलान हर्नले जारी गरेको वत्तव्यमा भनिएको छ ,‘ ९फिल्म निर्माता० मार्भल स्टुडियो र वाल्ट डिज्ने स्टुडियोको टिमलाई धेरै धेरै बधाई । एभेन्जर्सः इण्डगेमलाई यो ऐतिहासिक उचाईमा पु¥याउने विश्वभरीका प्रसंशकलाई धेरै धेरै धन्यवाद ।’
प्रदर्शनमा आएको पहिलो हप्तामै इण्डगेमले १।२ अर्ब अमेरिकी डलर कमाई गरेको थियो । त्यस्तोमा फिल्मले छिट्टै ‘अवतार’ले गरेको कमाईमा उछिन्ने अनुमान गरेको थियो । तर दोस्रो हप्तामै फिल्मको कमाईमा उलेख्य ¥हास आयो । त्यसले त्यो सम्भावना टर्ने आशंका माझ फिल्मलाई पुनः प्रदर्शनमा ल्याइएको थियो ।
‘इण्डगेम’लाई केही छानिएका बजारमा पुनः प्रदर्शनमा ल्याइएको थियो । पुनः प्रदर्शनको क्रममा फिल्म स्टुडियोले उसको पछिल्लो फिल्म ‘स्पाडरम्यानः फार फ्रम होम’को केही प्रचार सामाग्री थपेर बाहिर ल्याएको थियो ।