८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार कार्कीलाई सांसदको धम्की

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:२५

काठमाडौं–नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीलाई प्रदेश नम्बर ३ का सांसद राजकाजी महर्जनले समाचारको विषयलाई लिएर धम्की दिएको भन्दै पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भत्सर्ना गरेको छ ।
उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाले आइतबार एक विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि स्वयमले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई धम्की दिएको प्रति आपत्ति जनाएका छन् ।
उनले भविष्यमा यस्तो घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षामा गम्भीर बन्दै भयरहित वातावरणमा पत्रकारहरुलाई पत्रकारिता गर्ने वातावरण वनाउन स्थानीय प्रसाशन र नेपाल सरकारसँग माग गरेका छन् ।

‘प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्न पाउने स्वतन्त्रता हुँदा हुँदै समाचार लेखेकै कारण जनप्रतिनिधी स्वंयमले समाचार संकलनको क्रममा रहेका पत्रकारलाइ दिएको धम्की प्रति महासंघ आपत्ति जनाउँदै भविष्यमा यस्तो घटना दोहोरिन नदिन र पत्रकारको सुरक्षामा गम्भीर बन्दै भयरहित वातावरणमा पत्रकारहरुलाई पत्रकारिता गर्ने वातावरण वनाउन महासंघ उपत्यका प्रदेश समिति स्थानीय प्रसाशन र नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

दैनिकीन्युज डटकमका सम्पादक समेत रहेका कार्कीलाई महर्जनले समाचार लेखैकै कारण लचारपछार पार्दै बेपत्ता बनाइदिने धम्की दिएको पीडित पत्रकारले बताएका छन् ।