१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ट्रकमा सुन तस्करी

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:२९

काठमाडौं– राजधानीको थानकोटबाट सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको महानगरीय प्रहरी वृत्तका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए । पक्राउ परेकाको नाम खुलाइएको छैन भने सो घातु सुन हो या होइन भन्ने परीक्षणका लागि प्रयोगशाला पठाइएको डीएसपी थापाले जानकारी दिए ।