१३ बैशाख २०८१, बिहीबार
Follow Us

नागढुंगावाट दुई केजी सुनसहित तामाङ पक्राउ

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:३०

अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव २ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी बृत्त थानकोटले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं।५ स्याफ्रोबेशी घर भएका बर्ष १७ को भिम बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा भैरहवाबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु।२ ख ६५२ नम्बरको यात्रु बाहक बसलाई गोप्य सुचनाको आधारमा चेक जाँचको क्रममा दुई केजि सुन सहित पक्राउ गरिएको बताए ।

प्रहरी प्रमुख थापका अनुसार तामाङलाई चेक जाँच गर्ने कम्बरमा बाँधी ६ से।मि।लम्बाई र ११ से।मि। मादल जस्तो गोलाई भएको सुन सहित तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको छ ।

तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकि गल्छी हुँदै भैरहवाबाट काठमाण्डौ आउने गाडी चढेका थिए । प्रहरीले सुन सहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएको छ ।