१५ बैशाख २०८१, शनिबार
Follow Us

दाङमा सिँचाई पोखरीमा डुबेर ३ किशोरीको मृत्यु

sarusaru
६ श्रावण २०७६, सोमबार ०२:११

दाङ । दाङमा सिँचाई पोखरीमा डुबेर ३ जना किशोरीको मृत्यु भएको छ।

आइतबार साँझ पौने ८ बजे खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ।

डिसी नेपालसंग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी जवान पवित्र चन्दले भने, ‘सुरुमा एकजना हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई जनासमेत डुबेका थिए। डुबेर गम्भिर घाइते भएका किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।’

मृत्यु हुने सबै किशोरी घोराही उपमहानगरपालिका १८ अम्बापुरकै रहेका छन्। मृत्यु हुनेमा स्थानीय मानबहादुर बिकको १९ वर्षीया छोरी बसन्ता विक, सालघारी बस्ने वसन्त विकको छोरी १९ वर्षीया झरना विक र झरनाकै बहिनी १६ वर्षीया अमृता विक रहेको प्रहरी जवान चन्दले बताए।

मृतकको शव पोस्टमार्टमका लागि घोराही ल्याइँदै गरेको प्रहरीले बताएको छ।
डिसी नेपाल