७ बैशाख २०८१, शुक्रबार
Follow Us

आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता, तीन महिनामा ६ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार ०३:०८

काठमाडौं। करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन् ।
गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो । राजधानी दैनिकमा खबर छ ।