१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमबाप्पेलाई फकाउँदै पीएसजी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार ०७:५०

एजेन्सी । टोलीका प्रभावशाली खेलाडी नेइमारले क्लब छाड्ने तयारी गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) अर्का स्टार केलियन एमबाप्पेलाई फकाउन थालेको छ । पीएसजीले एमबाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव समेत अघि सारेको छ । २० बर्षीय एमबाप्पेलाई पीएसजीले सर्वाधिक तलव र सुविधा सहित पाँच बर्षको नयाँ सम्झौताको प्रस्ताव गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

ब्राजेलियन स्टार नेइमारले पीएसजी छाड्ने सुर गरेपछि पीएसजी जसरी पनि एमबाप्पेलाई क्लबमा राख्ने र उनको भविष्य सुनिश्चित गर्ने अभियानमा लागेको छ । एमबाप्पले एक महिना अघि आफु नयाँ चुनौती मोल्न जुनसकै क्लबमा जानसक्ने घोषणा गरेका थिए । त्यतिबेलै झस्किएको पीएसजी एमबाप्पेलाई महंगो अनुबन्धन गर्न कस्सिएको हो ।

एमबाप्पेमाथि अहिले युरोपका अन्य ठूला क्लबहरुले आँखा गाडी रहेका छन् । एमबाप्पेलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले भित्र्याउन चाहेको समाचार समेत बाहिरिएको छ । पीएसजीले एमबाप्पेलाई ५० मिलियन युरोको प्रस्ताव गरेको बताईएको छ । एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका थिए । त्यसपछि एमबाप्पेलाई क्लबले मुख्य खेलाडीको रुपमा टोलीमा राख्दै आएको छ । फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका एमबाप्पेले गत सिजन ४३ खेल खेल्दै ३९ गोल गरको थिए ।