१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारविरुद्व आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार ०९:०४

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए ।

वीपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पारे ।
सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे ।