टोकियो– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले नोभेम्बर ६ तारिख आइतबार सिटी मनी साहित्य पुरस्कार वितरण गर्ने भएको छ । समाजकी सहसचिव भगवती उपे्रतीले दिएको जानकारी अनुसार अनेसास जापानको ३८ औं नियमित साहित्यिक एवम् कविता वाचन कार्यक्रम सोही दिन नेपाली मुरा हल सोलमारी सिनओकुबुमा दिउँसो २ बजे सुरु हुनेछ । उक्त कार्यक्रममा कलाकार, साहित्यानुरागीलाई सहभागिताका लागि सहसचिव उपे्रतीले आग्रह गरेकी छन् ।