८ बैशाख २०८१, शनिबार
Follow Us

बुद्ध मूर्तिका लागि बेलायतबाट ३० लाख सहयोग

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार १७:३९

पाेखरा-बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन् । 

जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित रु ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ । 

    दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे । 
समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे । गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

    दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष एवं निर्माण समितिका सदस्य बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भइरहेको प्रतिमाले पर्यटनको विकासमा सघाउ पु¥याउने बताए । करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उनको भनाइ थियो । सोही कार्यक्रमका पोखरा बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले संयुक्त रुपमा रु एक लाख दुई हजारसमेत हस्तान्तरण गरेका थिए ।