४ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीय दूतावासमा महिला सांसदहरुको लर्को

sarusaru
७ श्रावण २०७६, मंगलवार ०१:४९

काठमाडौं। सोमबार बेलुका ९ बजेपछि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले एक तस्वीर सार्वजनिक गरे। तस्वीरसँगै लेखिएको थियो ‘नेपालका केही महिला सांसदहरुसँग कुराकानी गर्दा र महिलाहरुको राजनीतिक सशक्तीकरणमाथि विचारको आदान–प्रदान गर्दा खुशी लागेको छ।’

सोमबार दिउँसो दूतावासको निम्तो मान्दै संसदमा रहेका सत्तारुढ र प्रतिपक्षी दलका प्रयाः महिला सांसदहरु लैनचौर गएको तस्वीरमा देख्न सकिन्छ । दूतावासले के प्रयोजनका लागि सांसदहरुलाई त्यहाँ बोलाएको हो? त्यो भने खुल्न सकेको छैन । तर, यो निम्तो नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा भने भएको होइन ।

सोमबारै भारतीय गुप्तचर संस्था रअका प्रमुख काठमाडौंमा राजनीतिक भेटघाट गरेर स्वदेश फर्किका छन् । त्यहि दिन नेपाली महिला सांसदहरु दूतावास जानुले प्रश्न उब्जाएको छ ।

नेपालको राजनीतिमा भारत हावी भएको भन्ने विरोधका स्वहरु जति उठे पनि नेपाली नेताहरु भने दिल्लीसँग निकट हुने कुनै मौका छोड्दैनन् । यही मेसोमा सोमबार सत्तारुढ दल नेकपाकी सांसद गंगा चौधरी सत्गौवा, नविना लामा र कोमल वलीलगायत दूतावास गएका हुन् ।

यस्तै नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे पनि छलफलमा सहभागी थिए ।
डिसी नेपाल