१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार ०२:३७

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् ।
उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ ।
२०७४ मा संशाधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ मा ‘मन्त्रीको सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिट मोबिल’ मात्र पाउने उल्लेख छ ।