१५ चैत्र २०८०, बिहीबार
Follow Us

महँगियो मासुको भाउ, कति पुग्यो ?

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार ०२:५०

काठमाडौं–हरियो तरकारीको मूल्यले बजार तातिरहेको बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् ।
पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् ।
नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्डस्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले बढेको छ ।
भ्याली कोल्डस्टोरका सञ्चालक सक्षक घिमिरेका अनुसार जिउँदो बोइलर कुखुरामा ५० रुपैयाँ बढेर २५० रुपैयाँ पुगेको छ। खुद्रामा प्रतिकिलो २६० रुपैयाँमा बिक्री हुन्छ ।
एक महिनाअघि २८५ रुपैयाँमा बिक्री भएको तयारी मासुको होलसेलमै ३५० रुपैयाँ पुगेकोछ । खुद्रा व्यवसायीले प्रतिकिलो ३७० देखि ३८० रुपैयाँसम्म असुल्दै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।