६ बैशाख २०८१, बिहीबार
Follow Us

चलचित्र सयकडा १० की निर्मात्री प्रधानबिरुद्ध मुद्धा दायर ,प्रधान फरार

sarusaru
८ श्रावण २०७६, बुधबार ०२:५७

काठमाण्डौ –हालसालै प्रदर्शन भइसकेको सयकडा दश लगायतका चलचित्रकी निर्मात्री मैतिदेवी बस्दै आएकी र हाल ललितपुर, सातदोबाटो बस्ने रज्जु प्रधान भन्ने राजुमैँया प्रधानबिरुद्ध वैदेशिक रोजगार विभागमा मुद्धा दायर भएको छ । प्रधानले काठमाण्डौको घट्टेकुलोमा बस्ने शोभा सिवाकोटीलाई वि.सं. २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको तथा पैसा पनि फिर्ता नगरेको भन्दै पीडित शोभा सिवाकोटाीले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेकी छिन् । वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई २०७५ /११/०९ मा चं.नं. १५९०/०७५/७६ पत्र काटी कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भन्दै पत्र लेखेको छ । तर अभियुक्त प्रधान भने फरार रहेकी छिन् । प्रधानलाई हामीले सम्पर्क गर्न खोज्दा उनलाई सम्पर्क हुन सकेन ।